तीन सय बढ्यो आज सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २८ भदौ : सुनचाँदीको मूल्य सोमबार सामान्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलामा ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले नै बढेर सोमबार ९० हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैगरी चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १२ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया