एमसीसी विरोध : सडकमा आए विप्लव (भिडियोसहित)

admin

काठमाडौं, २८ भदौ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र आईटी आर्मीले काठमाडौंमा प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसी सम्झौता खारेज गर्न टुँडिखेलमा जनसभा गरेको हो ।

सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

उनीहरुले ‘एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछु, ‘एमसीसी सम्झौता पास गर्नु नवऔपनिवेशिकरण स्वीकार्नु हो’, ‘एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौ’ लगायतका नारा लगाएका थिए । सोमबार भएको उक्त प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु सहभागी भएका छन् ।

प्रतिक्रिया