कोरोनाका कारण थप १० जनाको ज्यान गयो, अहिलेसम्म ५२ लाखले पूर्ण मात्रा खोप लगाए

admin

काठमाडौं, २८ भदौ : सोमबार देशभर एक हजार चार सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार पाँच सय ३९ वटा नमुना परीक्षण गर्दा एक हजार चार सय ८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार परीक्षण गरिएका नमुनामध्ये आठ दशमलव ९८ प्रतिशतमा संक्रमण देखिएको छ । सोमबार थपिएकासहित नेपालमा कोरोना पुष्टि हुनेको संख्या आठ लाख ६५ हजार तीन सय ४३ पुगेको छ । यस्तै थप एक हजार दुई सय ६० जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या सात लाख ४० हजार सात सय १७ पुगेको छ । यही अवधिमा थप १० जनाले संक्रमणका कारण ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सख्या १० हजार नौ सय ६५ पुगेको छ ।

अहिले नेपालमा २६ हजार ६ सय ३० जना सक्रिय संक्रमित रहेकामा चार सय ७५ जनाको आईसीयू र एक सय ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बितेको २४ घण्टामा ९१ हजार आठ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा ५८ लाख ३३ हजार ३८ जनाले पहिलो मात्रा र ५१ लाख ९८ हजार एक सय ९३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया