प्रतिनिधिसभा बैठक बस्दै, एमालेको अडान कायमै

admin

काठमाडौं, २९ भदाै : प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधकाबीच आज प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ। भदौ २३ गते सुरु भएको संसद अधिवेशनपछि बसेका सवै बैठकलाई एमालेले अवरोध गर्दै आएको छ।

अवरोधकै बिच सरकारले दल विभाजनसम्बन्धी अध्यादेश, प्रतिस्थापन विद्येयक लगायत केहि अध्यादेश सदनमा पेश गरेको छ।

पार्टीले कारबाही गरेका माधव नेपाल समूहका १४ सांसदको सूची सार्वजनिक नगरे सदन चल्न नदिने एमालेको अडान छ। आजको बैठक पनि अवरोध गर्ने एमालेको तयारी छ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विद्येयक २०७८ बिचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा पूर्वसांसद एवम् भारतका लागि नेपाली पूर्वराजदूत रुक्मशम्शेर राणाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिँदैछ। राणाको शनिवार ८६ वर्षको उमेरमा निधन भएको हो।

प्रतिक्रिया