बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

admin

काठमाडौं, २९ भदाै : कावासोती पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृ त्यु भएको छ भने २४ घा इते भएका छन्।

कडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र ०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१०, २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो।

जिल्ला प्र हरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घट ना स्थलमै मृ त्यु भएको हो। मृतकको अझै पहिचान खुलेको छैन। उनका अनुसार मृ त्यु हुनेमा दुई महिला र एक पुरुष छन्।

बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ। तीमध्ये तीन जना घा इतेको अवस्था गम्भीर छ। यसैगरी ट्रकका चालकसमेत घा इते भएका छन्। घाइ तेकोे नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ गिरीले बताए।

प्रतिक्रिया