नेपाल फर्काइयो चोरी भएर अमेरिका पुगेको उमामहेश्वरको मूर्ति

admin

काठमाडौं, २९ भदौ : नेपालबाट चोरी भएर अमेरिका पुगेको उमामहेश्वरको मूर्ति फिर्ता आएको छ । कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो ।

ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७१ देखि प्रदर्शनमा राखिएको हो । मूर्ति हस्तान्तरण कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीहरूसहित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरे, तृतीय सचिव राधरमण दुवेलगायतको उपस्थिति थियो । राजदूत डा. खतिवडाले सङ्ग्रहालयका अधिकारीहरूलाई नेपालबाट चोरी भएर अमेरिका पुगेको मूर्ति फिर्ता गरेकोमा धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया