प्रहरी हिरासतमै अनशन शुरु गरे पुण्य गौतम

admin

काठमाडौं, २९ भदौ : आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसिरहेका छन् । भदौ २७ गते पक्राउ परेका गौतमलाई प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा बानेश्वरबाट पक्रेको थियो ।

गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको एक प्रहरी अधिकारीले बताएका हुन् । प्रहरीले उनलाई सार्वजनिक हित विरुद्ध कसुर गरेको मुद्दामा हिरासतमा राखेको हो । गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले लुकाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अनशन बसेको थाहा नभएको दावी गरे ।

प्रतिक्रिया