सन्तोष अभिनित तथा निर्देशित ‘गल्ली यही हो’ म्युजिक भिडियो सार्वजनिक

admin

काठमाडौं, २९ भदौ : प्रदर्शनको प्रतिक्षामा रहेको सिनेमा तीन जन्तुका निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत ‘गल्ली यही हो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अजय कुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् ।

उक्त गीतलाई आसाप इन्टरटेनमेन्टको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा निर्देशक अधिकारीलाई मोडल कञ्चन भुजेलले साथ दिएकी छिन् । मोडल भुजेलले नै कोरियोग्राफी गरेको गीतमा राम बास्तोलाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

प्रतिक्रिया