केहिदिन सरकारी खर्च रोकिन सक्छ : अर्थमन्त्री

admin

काठमाडौं, २९ भदौ : अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक पारित नभएका कारण केहिदिन सरकारी खर्च रोकिन सक्ने बताएका छन् । मंगलबार संसद बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले सरकारले सरकारी खर्च ५/७ दिन रोकिँदा फरक नपर्ने तर पेश्की खर्च नगर्ने स्पष्ट पारे ।

विधेयक पारित गर्न छलफल गर्न सहमति खोज्ने प्रयास भएको र सहमति नभए प्रक्रियाबाटै पारित गर्ने उनले बताए । यसअघि ल्याएको बजेट अध्यादेश संसद चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नूपर्ने प्रावधान छ । जुन बुधबार सकिदैछ ।

संसदको अर्को बैठक असोज ४ गतेमात्र बोलाएको अवस्थामा त्यसअघि प्रतिस्थापन विधेयक पारित हुन नसक्ने स्पष्ट छ । अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था रहेको र त्यसैअनुसार कर उठ्ने जिकिर गरे । उहाले बिधेयक पास भएपछि नियमित प्रक्रिया अघि बढ्ने धारणा राखे ।

त्यस्तै लोकतान्त्रीक समाजवादीका नेता लक्ष्मणलाल कर्णले प्रतिस्थापन विधेयक सदनमा पेश भइसकेका कारण ६० दिनमा अध्यादेश अन्त्य नहुने उनको भनाई छ । वर्तनमा सरकारले ल्याएको ल्याएको बजेटसम्बन्धी प्रतिस्थापन विधयेक सदनमा बिचाराधीन छ ।

प्रतिक्रिया