एमबीबीएस उतीर्ण : इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै विरोध प्रदर्शन

admin

काठमाडौं, २९ भदौ : चीनबाट एमबिबिएस उतिर्ण गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफुहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केहि दिनमा इन्टर्नसीप सुरु हुने आश्वासन पटक पटक पाएपनि इन्टर्नसीप गर्न नपाएको उनीहरुको भनाइ छ । मापदण्ड पुरा गरेका १५५ बिद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न नपाउदा भविष्य नै अन्यौलमा परेको प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले जनाएका छन् ।

मेडिकल काउन्सिलको इन्टर्नसीप नियमको बुँदा नम्बर ३ मा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने र यसप्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था स्पष्ट नहुँदा आफुहरुलाई इन्टर्नसीप गर्न रोकिएको विद्यार्थीको गुनासो छ ।

प्रतिक्रिया