आज शेयर बजार साढे १८ अङ्कले घट्यो

admin

काठमाडौं, २९ भदौ : शेयर बजार मंगलबार घटेर राताम्मे भएको छ । बजार खुलेको केहीबेरमा २० अङ्कले बढेको नेप्से बन्द हुने बेलामा भने १८ दशमलव ५४ अङ्कले घटेर दुई हजार नौ सय २९ दशमलव २८ विन्दुमा झरेको छ । बैंक, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, व्यापारसहित सबै समूहको शेयर घटेको छ ।

राष्ट्रिय बीमा कम्पनीको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मंगलबार मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । दुई सय २२ कम्पनीका एक करोड ६ लाख कित्ता शेयर पाँच अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको २७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया