थप एक हजार पाँच सय ६२ जनामा संक्रमण पुष्टि भएसँगै १९ जनाको ज्यान गयो

admin

काठमाडौं, २९ भदौ : नेपालमा मंगलबार थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार २ सय ६६ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८० र ४ हजार १ सय ७७ एन्टीजेन परिक्षणका क्रममा ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६६ हजार ९ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ५ सय ८९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४२ हजार ३ सय ६ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा २६ हजार २०२ सक्रिय संक्रमित आइशोलेशन र २६२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया