काठमाडौं, २९ भदाै : नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली जनताको भावना हेरेर मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिने बताउनुभएको छ । मंगलबार एमाले जिल्ला कमिटी कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोदन गर्दै ज्ञवालीले एमसीसी निर्णयमा कुनै हतार नगर्ने बताउनु भयो ।

एमसीसी प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व सरकारको पालामा सहमति भएको र सरकारले गरेको काम भएकाले मात्र आफुहरुले अगाडी बढाएको उहाले दाबी गर्नु भयो ।
एमसीसी पास गर्ने सरकारको दायित्व रहेको भन्दै सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउन आग्रह समेत गर्नु भयो । उहाँले आगामी निर्वाचनका जित्नका लागि कार्यकर्तालाई उत्कृष्ट काम गर्न निर्देशन समेत दिनु भएको थियो ।
उहाले एमालेमाथि देखिएको घेराबन्दी अस्थायी प्रकृतिको रहेको जिकिर गर्नुभयो । कार्यक्रमममा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरीधारीलाल न्यौपानेले पार्टी फुटे पनि स्थानीय स्तरको कार्यकर्ताले एमाले रोजेको टिप्पणी गर्नु भयो ।