आज ६ सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ३० भदौ : बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो ।

यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य बुधबार ९० हजार ७०० पुगेको छ । मंगलबार ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी सुनको मूल्य बढे पनि बुधबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी अस्तिदेखि तोलामा १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया