तालिबान सरकारका दुई वरिष्ठ नेताबीच चर्काचर्की, उप-प्रधानमन्त्री अन्तरिम सरकारको संरचनासँग असन्तुष्ट

admin

एजेन्सी, ३० भदौ : अफगानिस्तानमा नयाँ सरकारको संरचनाबारे विवाद भएको छ । राष्ट्रपति भवनमा तालिबान समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको वरिष्ठ तालिबान नेतालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

बरादर र हक्कानी समूहका प्रभावशाली नेता एवं शरणार्थी मामिला हेर्ने मन्त्री खलिल उर-रहमान हक्कानीबीच चर्काचर्की भएको हो । उनीहरूका समर्थकबीच पनि झगडा भएको दाबी गरिएको छ ।  बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको खबरमा उल्लेख छ । नयाँ उपप्रधानमन्त्री बरादर अन्तरिम सरकारको संरचनासँग असन्तुष्ट भएसँगै विवाद सिर्जना भएको हो । गएको अगस्ट १५ मा तालिबानले काबुलमा कब्जा गरेको थियो ।

प्रतिक्रिया