रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी धनकुमार मगरलाई शैक्षिक सामग्री हस्तान्तरण

admin

खोटाङ, ३० भदौ : खोटाङको हलेसी तुवाचुब नगरपालिकाकी उपमेयर बिमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई शैक्षिक सामग्री प्रदान गरेकी छिन् । उपमेयर राईले व्यक्तिगत खर्चमा शैक्षिक सामग्री खरिद गरेर मंगलबार विद्यालयमा पुगेर धनकुमार मगरलाई हस्तान्तरण गरेकी हुन् ।

कोरोनाको महामारीका बीचमा रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागिता जनाएका हलेसी तुवाचुब नगरपालिका-१० अखौर्लेको सरस्वती माविमा कक्षा १० मा अध्ययनरत छात्र मगरलाई मोबाइल चार्ज गर्न एक थान ब्याकअप, एक थान झोला, एक थान ठूलो डिक्सनरी, ५ थान कापी र १ थान डायरी प्रदान गरेकी हुन् ।

प्रतिक्रिया