आगामी चूनावमा माओवादीले एउटा वडा पनि जित्दैन : केपी ओली

admin

काठमाडौं, ३० भदाै : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चूनावमा माओवादीले वडा पनि नजित्ने दावी गर्नुभएको छ ।

बुधबार बुटवलमा आयोजित सभामा उहाले यसअघि आफ्नो पार्टीले सहयोग गरेर केहि सिट जितेको भन्दै अव वडा पनि नजित्ने दावी गर्नुभएको हो ।

ओलीले अघिल्लो चुनावमा आफूले औँला दिँदा अहिलेको अवस्थामा आएका माओवादीलाई अबको चुनावमा आफूले हात पनि नदेखाउने बताउनुभयो । नेता नेपालतिर लागेर सही ठाउँमा नपुगिने भन्दै ओलीले एमालेमा फर्कन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

ओलीले एमालेबाट बिग्रिएर गएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा कांग्रेस पुगेको टिप्पणी पनि गर्नुभयो । उहाले अहिलेको सरकार आउने चुनावसम्म टिक्न मुस्किल हुने दाबी गर्दै चुनावसम्म अहिलेको सरकार टिकोस् भन्ने कामना गरेको जिकिर गर्नुभयो ।

त्यस्तै उहाले एमाले नेतृत्वको सरकारले मुलुकको बिकासका लागि धेरै काम गरेको भन्दै अहिलेको सरकारले सिन्को पनि भाच्न नसकेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया