आज एकैदिन १४ सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १ असोज : शुक्रबार सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो । बिहीबार पनि सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको थियो ।

यस्तै शुक्रबार तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै सस्तिँदै ८८ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि शुक्रबार घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदीको मुल्य शुक्रबार ११ सय ७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया