थप एक हजार पाँच सय ५८ जनामा संक्रमण पुष्टि, १० जनाको ज्यान गयो

admin

काठमाडौं, १ असोज : शुक्रबार देशभर एक हजार पाँच सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार तीन सय ८५ जनाको नमुना परीक्षण गरेकोमा एक हजार पाँच सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १२ दशमलव ५७ प्रतिशतमा संक्रमण देखिएको हो । शुक्रबार थपिएकासहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ७१ हजार सात सय ३४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक हजार तीन सय ५१ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या सात लाख ४६ हजार पाँच सय ६६ पुगेको छ ।

यही अवधिमा थप १० जना संक्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १२ पुगेको छ । अहिले नेपालमा २५ हजार चार सय ९७ जना सक्रिय संक्रमित रहेकोमा तीन सय ८६ जनाको आईसीयू र एक सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया