सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध बिगार्न खोज्यो : प्रदीप ज्ञवाली

admin

काठमाडौं, १ असाेज : नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार नयाँ किरण समूहले आयोजना गरेको ‘नयाँ सरकारको कुटनीतिक अभिमूखिकरण : सम्भाव्य विश्लेषण’ बिषयक बिचार गोष्ठीमा ज्ञवालीले सीमालगायतका विषय निकालेर सरकारले छिमेकी राष्ट्रसँग कुटनीतिक सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका हुन् ।

ज्ञवालीले भारतसँगको सीमा विवादलाई छाडेर चीनसँगको सीमा विवाद सिर्जना गर्न खाजेको तर्क गरे । समस्या भएको स्थानमा चूप बस्ने र समस्या नै नभएको ठाउँमा विवाद निकालेर सरकारले चीनसँग चिसोपना खडा गर्न खोजेको उनले बताए ।

ज्ञवालीले दार्चुलामा तुइन चुडाएर नेपाली बेपत्ता भएको घटना दुई महिना हुन लाग्दा पनि सरकारले भारतसँग कुटनीतिक प्रतिवाद गर्न नसकेको बताए । ज्ञवालीले छिमेकी मुलुकलगायत अन्य मुलुकसँगको सम्बन्ध नेपालको सार्वभौम समानताका आधारमा अघि बढाउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया