पुरै मधेस कब्जा गर्ने सिके राउतको रणनीति: उपेन्द्र,महन्थ देखी भट्टराई सम्मलाई झड्का  

admin

काठमाडौं, १ असाेज :  पुरै मधेस कसरी कब्जा गर्ने भन्ने डा. सिके राउतको रणनीति सार्वजनिक भएको छ । कुनै समय मधेशलाई छुट्टै राज्य बनाउँनु पर्छ भनेर विखण्डनकारी अभियान चलाएका डा राउतले पार्टीको गोप्य प्रशिक्षणमा बोलेको कुरा बाहिर आएपछि मधेशमा तहल्का मच्चीएको छ ।

दुई दिन सम्म चलेको डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा डा राउतले पुरै मधेस कसरी कब्जा गर्ने भन्ने रणनीति सुनाएका थिए । राउतको यस्तो रणनिती बाहिरिए पछि नेताहरु डा.उपेन्द्र यादव, महन्थ ठाकुर,राजेन्द्र महतो हुँदै बावुराम भट्टराई सम्मलाई नराम्रो झड्का लागेको छ ।

अलग्गै मधेस बनाउने अभियान छाडेर मूलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष सीके राउतले पूरै मधेसमाथि आफ्नो कब्जा जमाउने रणनीति बनाउन लागेको एक केन्द्रीय सदस्यले बताए ।

सीके राउतले मधेसमा अरु कुनै पनि दललाई प्रवेश गर्न दिन नहुने भन्दै चुनावमार्फत जनमत पार्टीलाई एक नम्बरको पार्टी बनाउनुपर्ने र पूरै मधेसमाथि कब्जा गर्नुपर्ने धारणा प्रशिक्षणमा राखेका थिए । मधेसको करिब २६ सय वडामा हाल १६ सयभन्दा बढी वडास्तरमा जनमत पार्टीको संगठन विस्तार भएको तथ्याङ्क प्रस्तुत गर्दै अध्यक्ष राउतले बाँकी एक हजार वडामा ३ महिनाभित्र संगठन निर्माण गर्न निर्देशन दिएका छन् ।

उनले वडास्तरमा संगठन विस्तार गर्नका लागि केन्द्रीय सदस्यहरुलाई फरक फरक जिल्लामा तीन महिनासम्म खटाउने बताएका छन् । मधेसका हरेक जिल्लाका वडामा वडा स्तरीय कमिटी बनाउने र सोही कमिटीमार्फत तलदेखि नै कार्यक्रमहरु गर्दै आएपछि विस्तारै मधेसमाथि आफ्नो पार्टीको कब्जा हुने धारणा राखेको ती नेताले जानकारी दिए ।

प्रतिक्रिया