काठमाडौं,२ असाेज : पूर्वी चितवनको राप्ती नगरपालिका–९ शीतल टोलमा शुक्रबार राति एक व्यक्तिको ह त्या भएको छ। शीतल टोलका अन्दाजी ६० बर्षका कान्छा तामाङको ह त्या भएको जिल्ला प्र हरी कार्यलय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए।
तामाङको उनका छिमेकी ४७ वर्षीय दशरथ मल्लले ह त्या गरेको अधिकारीले बताए। मल्ललाई प्रह रीले नियन्त्रणमा लिएको छ। लामो समयदेखिको व्यक्तिगत रिसिइवीका कारण ह त्या भएको प्रह रीले जनाएको छ। शुक्रबार बेलुका सँगै खाना खाने क्रममा विवाद बढेपछि मल्लले तामाङको ह त्या गरेको डिएसपी अधिकारीले जानकारी दिए।
श वलाई भरतपुर अस्पतालमा राखिएको छ। हत्यापछि स्थानीयले पक्रा उ परेका मल्लमाथि आक्र मण गर्न खोज्दा प्रह रीसँग झड प भएको थियो। झ डप नियन्त्रणमा लिन प्रह रीले हवाइफायरसमेत गरेको डिएसपी अधिकारीले जानकारी दिए। उनका अनुसार झड पका क्रममा केही प्रह री र स्थानीय घाइ ते भएका छन्।