आज सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ४ असोज : सोमबार सुनचाँदीकै मूल्य सामान्य घटेको छ । सुनको मूल्य ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार थप तोलामा २०० रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँमा झरेको हो ।

यस्तै  तेजावी सुनको मूल्य सोमबार प्रतितोला ८८ हजार ४५० रूपैयाँ निर्धारण गरिएको छ । यसैगरी चाँदीको मूल्य समेत सोमबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार १३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदी एक हजार १५० रुपैयाँमा कारोबार भएको थियो । असोज महिना लागेदेखि निरन्तर ओरालो यात्रामा रहेको सुनचाँदीको मूल्य असोज १ गतेदेखि आज ४ गतेसम्ममा क्रमशः १६ सय रुपैयाँ र ६५ रुपैयाँले सस्तिन पुगेको छ ।

प्रतिक्रिया