तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

admin

एजेन्सी : तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर इस्लाम शरिया कानून लागू गर्न सो मन्त्रालय स्थापना गरिएको थियो ।

अफगानिस्तानमा पुरुषबिना महिलालाई घरबाट बाहिरन निस्कन रोक लगाउनेदेखि संंगीतमा प्रतिबन्ध लगाउने काम सोही मन्त्रालयले गर्छ ।

‘हाम्रो मुख्य उदेश्य मुस्लिमको सेवा गर्नु हो । तसर्थ, आँचरण तथा दण्डमामिला मन्त्रालय अनिवार्य छ,’ मन्त्रालयका प्रवत्ता मोहम्मद युसुफले भने ।‘हामी मुस्लिम कानून अनुसार सजाँय दिन्छौ । कानूनले जे निर्देश गर्छ सोही अनुसार हामी अगाडि बढ्छौं ।

ठूला अ पराध गर्नेलाई सजाँय दिन मुस्लिम धर्ममा कठोर कानूनको व्यवस्था छ । ,’ उनी अगाडि थप्छन्, ‘जस्तैः हत्या अभियोगीलाई अलग कानून हुन्छ । तपाइँले जानेर कसैको ह त्या गर्नुहुन्छ भने त्यसको बदलामा तपाईको ह त्या हुन्छ । तर, नियतवश होइन भने अर्कै सजाँय हुन्छ । ’

शरिया कानूनअनुसार अ पराधीको हात काटिदिनेदेखि बला त्कारको अभियोग लागेकालाई यातना दिएर ह त्या गरिन्छ । कथित अनुशासन कायम गर्ने भन्दै तालिवानले पहिलो शासनकालमा सडकमा आँचरण प्रह री परिचालन गरेको थियो ।

प्रतिक्रिया