आज तीन सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ५ असोज : केही दिन लगातार घटेको सुनको मूल्य मंगलबार भने बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँमा पुगेको छ । सोमबार सुनको मूल्य ८८ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको छ । यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले रुपैयाँले बढेर ११ सय ४० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया