अफगानिस्तानमा छात्राहरु स्कुल जान पाउने

admin

एजेन्सी : अफगानिस्तानको तालिवानी सरकारले जतिसक्दो चाँडो छात्राहरुलाई पढ्नका लागि स्कुल जान अनुमति दिने बताएको छ । तालिवानका प्रवक्ता जबील्लाह मुजाहिदले आफुहरुले छात्राहरुको पढाइबारे अन्तिम रुप दिइरहेको भन्दै छिट्टै यो विषयलाई टुंग्याउने बताए ।

यसैबीच तालिवानले केही मन्त्रालय गठन गरेको घोषणा गरेको छ । तर महिलाहरुलाई मन्त्रिमण्डलमा सामेल गराइएको छैन । तालिवानले अन्तरिम सरकारमा गत महिनादेखि नै नियुक्ति दिन सुरु गरेको थियो ।

उसले सरकारमा गैर तालिवानलाई समेट्ने भने पनि अहिलेसम्म अन्य व्यक्तिलाई सरकारमा सहभागी गराइएको छैन । अफगानिस्तानमा कर्मचारीहरुले तलव नपाइरहेको विषयमा प्रवक्ता मुजाहिदले सरकारसँग पैसा भए पनि दिनको लागि केही समय लाग्ने बताए ।

प्रतिक्रिया