सरकारकै आडमा मुलुकमा गुण्डागर्दी भइरह्‍यो : केपी ओली

admin

काठमाडौं, ५ असाेज : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको आरोप लगाएका छन्।

अनेरास्ववियुको नयाँ नेतृत्वको शपथग्रहणका लागि मंगलबार काठमाडौंमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टीनिकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको छ। त्यसको प्रतिवादमा तपाईहरूले उत्रिनुपर्छ।’

जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसविरुद्ध सरकार लागे प्रतिवादमा उत्रिनुको विकल्प नरहेको बताए। सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरूले आपत्ति जनाउनु परेको पनि स्पष्ट पारे।

अध्यक्ष ओलीले भने, ‘सरकार निर्देशित, सरकार संचालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईहरूले भण्डाफोर गर्नुपर्छ। मैले अस्ति बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छ। एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यवहार होस्। त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहार होस भन्ने जनता चाहन्छ।’

प्रतिक्रिया