गुल्मी, ६ असाेज : पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीनजनाको मृ त्यु भएको छ। रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर परिँदा उनका छोरी २१ वर्षया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुनाको मृ त्यु भएको जिल्ला प्र हरी कार्यालय गुल्मीका प्र हरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।
मंगलबार राति करिब १ बजे पहिरोले घर परिँदा सुतिरहेका तीनै जनाको मृ त्यु भएको हो। उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रह रीले निकालेको प्रह रीले जनाएको छ।
श वलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रह रीले जनाएको छ। तिलक, उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रह री कार्यालय गुल्मीले जनाएको छ।