आज सामान्य घट्यो सुनचाँदीकै मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १२ असोज : सुनको मूल्य मंगलबार घटेको छ । सोमबार तोलामा तीन सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार तीन सय रुपैयाँले नै घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि सोमबारको मूल्यमा नै तीन सय रुपैयाँले गिरावट आउँदै ८८ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैगरी मंगलबार चाँदीको मूल्य पनि घटेको छ । तोलामा पाँच रुपैयाँले घटेर चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया