असोज २३ गतेदेखि पोखरा-जोमसोम नियमित उडान

admin

काठमाडौं, १२ असोज : असोजको २३ गतेदेखि पोखरा-जोमसोम उडान नियमित सुरु हुने भएको छ । यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा-जोमसोम उडान नियमित सञ्चालन गर्न लागेको जानकारी दिए ।

नेपालमा कोरोना संक्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एअरले पनि आफ्नो उडानलाई सुरु गर्न लागेको हो । कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा-जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटासम्म उडान भर्दै आएको थियो । जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायु सेवाहरूले बिहान १२ बजेभित्र नै उडान भर्नुपर्ने हुन्छ ।

दुर्गममा उडान गर्ने वायु सेवाहरूमा तारा एअरले मात्र पोखरा, नेपालगञज र काठमाण्डौमा नियमित वायु यान राखेर दुर्गममा सेवा दिँदै आएको छ । तारा एअरसँग अहिले दुर्गममा उडान गर्ने चार वटा टुइनअटर जहाज रहेको छ । ताराले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरा लगायत दुर्गमका विमानस्थलहरूमा नियमित तथा चार्टर्ड उडान भर्दै आएको छ ।

प्रतिक्रिया