आज सामान्य घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १३ असोज : बुधबार सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य बुधबार तोलामा एक सय रुपैयाँले घटेको हो । मंगलबार तोलामा ३ सय रुपैयाँले घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बुधबार चाँदीको मूल्य भने स्थिर छ । मंगलबार जस्तै चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया