आज पाँच अर्ब दुई करोड रुपैयाँको कारोबार

admin

काठमाडौं, १३ असोज : तीन दिनदेखि लगातार घटिरहेको शेयर बजार बुधबार भने बढेको छ । नेप्से ५० दशमलव ५८ अङ्कले बढेर दुई हजार ६ सय ६५ दशमलव ९३ विन्दुमा पुगेको छ । बुधबार सबै समूहको शेयर बढेको छ । दुई सय २९ कम्पनीको शेयर कारोबार भएकोमा २१ वटा कम्पनीको शेयर मात्रै घटेको छ ।

बुधबार अपी पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि मेगा बैंक र युनिलिभर नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । ९८ लाख ९४ हजार कित्ता शेयर पाँच अर्ब २८ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको २२ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया