४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ

admin

काठमाडौं, १३ असोज : प्रह री प्रधान कार्यालय साइबर ब्यूरोले चारवटा युट्युब च्यानलका सञ्चालकलाई प क्राउ गरेको छ। एक महिलाको चरित्र ह त्या हुने र समाजमा घृ णा फैलाउने सामग्री प्रशारण गरेको आरोपमा ब्यूरोले उनीहरूलाई पक्रा उ गरी बुधबार सार्वजनिक गरेको हो।

ब्यूरोका अनुसार पीडित महिलाको उजुरीका आधारमा उनीहरूलाई काठमाडौंबाट पक्रा उ गरिएको हो। प क्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उपमहानगरपालिका-१७ मिमुवा घर भएका हाल गोकर्णेश्वर नगरपालिका बस्ने २१ वर्षका प्रदीप भण्डारी रहेका छन्।

हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका-३, नुवाकोटका २७ वर्षीय शिशिर अधिकारी रहेका छन्।

त्यसैगरी सराइचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका बेलबारी नगरपालिका-९ माेरङकी ३५ वर्षीया पिंकला कार्की र मोडर्न अनलानइन टिभी युट्युबका सञ्चालक मेलुङ गाउँपालिका ४, दोलखाका २४ वर्षका रोधन तामाङ रहेका छन्।

काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया