निरन्तर घट्दै सुनचाँदीको मूल्य, आज कारोबार कतिमा ?

admin

काठमाडौं, १४ असोज : केही दिनयतादेखि सुनको मूल्य लगातार घटेको छ । बिहीबार पनि सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । बुधबार तोलामा ८८ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार ८८ हजार ७ सय रुपैयाँमा झरेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ तोकिएको छ । बुधबार तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी बिहीबार ३५ रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया