एमाले विधान महाधिवेशनको तयारी पुरा, देशभरबाट झण्डै छ हजार प्रतिनिधि सहभागी हुने

admin

काठमाडौं, १४ असोज : नेकपा एमालेको असोज १५ गते भोलि शुक्रबारदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी सकिएको छ । बिहीबार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईले (भोलि) शुक्रबार १२ः१५ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिए ।

उक्त उद्घाटनपछि तीन वटा प्रस्ताव पेस गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको संयोजक भट्टराईले बताए । उनले विधान महाधिवेशनमा देशभरबाट झण्डै छ हजार प्रतिनिधि सहभागी बन्ने पनि बताए ।

प्रतिक्रिया