बहराइनका परराष्ट्र सचिवद्वारा नेपाली श्रमिकको प्रशंसा

admin

काठमाडौं, १४ असोज : बहराइनका परराष्ट्र सचिव डा. शेख बिन अहमद बिन अब्दुल्ला अल खालिफाले नेपाली श्रमिकको प्रशंसा गरेका छन् ।

(हिजो) बुधबार बहराइनका लागि कार्यवाहक राजदूत अरुणा घिसिङसँगको शिष्टाचार भेटमा सचिव शेख अब्दुल्लाले बहराइनमा कार्यरत नेपालीको कर्तव्यनिष्ठताको उच्च प्रशंसा गरेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

भेटमा सचिव शेख अब्बदुल्लाले नेपाल र बहराइनबीचको सम्बन्धलाई मित्रवत् तथा समस्या रहित रहेको पनि बताए । आउँदा दिनमा नेपाल र बहराइनबीचको कूटनैतिक, आर्थिक, सामाजिक, पर्यटन लगायत सम्बन्ध थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया