केही दिन लगातार घटेको सुनको मूल्य आज नौं सय बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १५ असोज : शुक्रबार सुनको मूल्य तोलामा नौं सय रुपैयाँले बढेको छ । केही दिन लगातार घटेको सुनको मूल्य श्क्रबार एकैदिन तोलामा नौं सय रुपैयाँले बढेर तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार भन्दा बिहीबार तोलामा दुई सय रुपैयाँ घटेर बिहीबार सुनको मूल्य तोलामा ८८ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोलामा नौं सय रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ । यसैगरी चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर शुक्रबार तोलाको ११ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया