नेकपा (एस) लाई वैध मान्न सकिँदैन : ज्ञवाली

admin

काठमाडौं, १५ असोज : नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एकीकृत समाजवादी पार्टीलाई वैध मान्न नसक्ने बताएका छन् ।

शुक्रबार एमालेको विधान महाधिवेशनको उद्घाटन सत्रपछि गोदावरीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले बिभाजन र नेकपा समाजवादीको गठन बिधिसम्वत नभएको र कानूनको बलमिच्चाइले भएको टिप्पणी गरे ।

उनले पार्टी बिभाजनका बिषयमा कानूनी प्रतिवाद गरिरहेकाले त्यसको निर्णय नआउदासम्म समाजवादी पार्टीलाई वैध मान्न नसक्ने बताए । उनले संसदको गतिरोधका विषयमा प्रधानमन्त्री र सभामुखसँग छलफल गर्न एमाले तयार रहेकोसमेत बताए ।

ज्ञवालीले सत्ता पक्ष र प्रतिपक्षीबीच न्युनतम समझदारी हुनुपर्ने भए पनि सत्तापक्षले तत्परता नदेखाएको आरोप लगाए ।

एमालेले सभामुख र प्रधानमन्त्रीले बोलाएको दुबै सर्वदलीय बैठक बहिस्कार गरेको थियो । एमाले बिभाजनका लािग सभामुखले भूमिका खेलेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा लगातार बिरोध गर्दै आएको छ ।

प्रतिक्रिया