सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का

admin

काठमाडौं, १६ असोज : सिन्धुपाल्चोक जिल्लालाई केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार साँझ ७ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौं उपत्यकामा महसुस गरिएको थियो।

भूकम्प गएपछि सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए। शुक्रबार पनि सिन्धुपाल्चोकबाटै ४.२ रेक्टरको भूकम्प गएको थियो।

प्रतिक्रिया