साताको पहिलो दिन सामान्य बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १७ असोज : साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुई सय रुपैयाँ र चाँदी आइतबार तोलामा २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुनको मूल्य आइतबार तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

(अस्ति) शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य शुक्रबारको तुलनामा दुई सय रुपैयाँले बढेर आइतबार ८९ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसैगरी चाँदी आइतबार तोलामा ११ सय ६० रुपैयाँ छ । शुक्रबार चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया