एमाले विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकियो

admin

काठमाडौं, १७ असोज : (अस्ति) शुक्रबारबाट सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ । तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको मुगुका सांसद तथा केन्द्रीय सदस्य समेत रहेका मोहन बानियाँले जानकारी दिएका छन् ।

उनका अनुसार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ-आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएका थिए । योसँगै समूहगत छलफलको रिपोर्टिङ सकिएको हो । प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला साह र गण्डकी प्रदेशको समूहबाट जगतबहादुर विश्वकर्माले समूहको निष्कर्ष सुनाएका थिए ।

त्यस्तै, जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले समूह छलफलको रिपोर्टिङ गरेक थिइन् । समूहगत रिपोर्टिङ सकिएपछि प्रतिनिधिहरू अहिले खाना खाइरहेका छन् । खाना खाएर प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ शीर्ष नेताले दिएर महाधिवेशन आइतबार नै सकिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया