एमालेमा अब १५ जना पदाधिकारी रहने

admin

काठमाडौं, १७ असोज : नेकपा एमालेको पदाधिकारी संख्या १५ सदस्यीय हुने भएको छ । ललितपुरमा चलिरहेको विधान महाधिवेशनमा १० वटा समूहको निष्कर्ष, सुझाव र जिज्ञासाको सम्बोधन गर्दै उपमहासचिव विष्णु पौडेलले पदाधिकारीको संख्या १५ जना पुर्‍याइने जानकारी दिए ।

एमालेले एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव रहने प्रावधान ल्याएको छ । यसअघि प्रस्तावित विधानमा उपमहासचिव पद नरहने उल्लेख भए पनि सहभागितको सुझावका आधारमा उपमहासचिव पद यथावत् रहने व्यवस्था गरिएको हो ।

यस्तै पोलिटब्युरो हटाइएको छ भने स्थायी कमिटीमा ४५ जना र केन्द्रीय समितिमा दुई सय २५ जना सदस्य रहने व्यवस्था गरिएको छ । दस्तावेजहरूमाथि उठेका प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि महाधिवेशन आजै सकिनेछ । विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूची छ । त्यसैगरी समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया