आज शेयर बजार ५५ अङ्कभन्दा धेरैले घट्यो

admin

काठमाडौं, १७ असोज : आइतबार शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से ५५ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय ७७ दशमलव ४९ विन्दुमा झरेको छ । आइतबार सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, होटल र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

यस्तै दुई सय ३२ कम्पनीको शेयर कारोबार भएकोमा १७ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ । गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र रैराङ हाइड्रोको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आइतबार दुई सय ३२ कम्पनीका ८९ लाख ४८ हजार कित्ता शेयर चार अर्ब ११ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको १५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया