एकथरी म बाँचेकैमा चिन्तित छन्, एमाले कसैले हल्लाउन नसक्ने बनाएर मात्रै छोड्छु : अध्यक्ष ओली

admin

काठमाडौं, १७ असोज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि चौतर्फी हमला भएको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पार्टीको विचार र संगठनमाथि हमला भएको बताएका हुन् । उनले भने, ‘एमालेको महाधिवेशनमा ब्यानर, तामझाम देखियो रे ! हामीविरुद्धको हमलाको विभिन्न रुप हो,’ उनले भने ।

ठुलो पार्टीका गतिविधि पनि ठुलै हुने उनले बताए । पहिलो पटक आफू प्रधानमन्त्री भएदेखि नै आफूमाथि हमला सुरु भएको ओलीले बताए । ‘मेरो नेतृत्वमा सरकारले नाकाबन्दीको डटेर मुकाबला गर्‍यो । उत्तरतिर व्यापार र पारवहन सम्झौता भयो,’ उनले भने, ‘त्यतिबेला खुइल्याउने कोसिस भए ।’ हाम्रा विरोधी को हुन् भनेर शास्त्र पढिरहन नपर्ने पनि उनले बताए ।

उनले भने, ‘जो छाडेर गए उनीहरू विरोधी र जो अहिले पनि यहाँ छन्, उनीहरू सप्रिएका हुन् भनेर बुझ्न गाह्रो छैन ।’ ओलीले अरुलाई अपजस लगाएर नउम्किने पनि बताए । उनले एमालेको तात्कालिक कार्यभार सुशासन, विकास, सुविधायुक्त समाज, समृद्धि रहेको बताए । उनले नेकपा एमाले देशको सबैभन्दा ठुलो दलमात्र नभएर जिम्मेवार दल भएको नाताले अब पनि जित्नैपर्ने बताए ।

उनले नेकपा एमालेमाथि चौतर्फी आक्रमण भएको भन्दै विरोधीले छाती पिट्न थालेको र त्यो आफूविरुद्धको हमलाको रुप भएको टिप्पणी गरे । ‘हामी व्यक्ति पूजक होइनौ, कमिटी प्रणाली, सामुहिक नेतृत्व, अध्ययन र परीक्षण गर्छौ’, ओलीले भने, वार्वरिकले महाभारत युद्धमा कृष्णको चक्र चलाएको जस्तो नहुने भन्दै साझा प्रयासबाट देशमा परिवर्तन ल्याउन सक्ने बताए ।

‘यो कुरा नेकपा एमालेले बाहेक अरुले बुझेका छैनन्’, ओलीले भने, ‘नेतृत्वको वरिपरि आन्दोलन गोलबन्द भएको भन्ने कुरा साँचो होइन । ’ यस्तै अध्यक्ष ओलीले अरुलाई अपजस लगाएर नउम्किने पनि बताएका छन् । सोही महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेको तात्कालिक कार्यभार सुशासन, विकास, सुविधायुक्त समाज, समृद्धि रहेको बताए ।

उनले नेकपा एमाले देशको सवैभन्दा ठुलो दलमात्र नभएर जिम्मेवार दल भएको नाताले अब पनि जित्नैपर्ने बताए । उनले नेकपा एमालेमाथि चौतर्फी आक्रमण भएको भन्दै विरोधीले छाती पिट्न थालेको र त्यो आफूविरुद्धको हमलाको रुप भएको टिप्पणी गरे । ‘हामी व्यक्ति पूजक होइनौ, कमिटी प्रणाली, सामुहिक नेतृत्व, अध्ययन र परीक्षण गर्छौ’, ओलीले भने, वार्वरिकले महाभारत युद्धमा कृष्णको चक्र चलाएको जस्तो नहुने भन्दै साझा प्रयासबाट देशमा परिवर्तन ल्याउन सक्ने बताए ।

‘यो कुरा नेकपा एमालेले बाहेक अरुले बुझेका छैनन्’, ओलीले भने, ‘नेतृत्वको वरिपरि आन्दोलन गोलबन्द भएको भन्ने कुरा साँचो होइन ।’ त्यस्तै अध्यक्ष ओलीले आफू बाँचेकै कारण एकथरीलाई चिन्ता बढेकोसमेत बताएका छन् । उनले मिर्गौला प्रत्यारोपण गरेको मान्छे खुसुक्क केही भइहाल्छ कि भन्ने सोचमा रहेकाहरु आफू बाँचिरहेका कारण चिन्तित भएको उनको भनाइ छ ।

सोही क्रममा जवाफ दिँदै ओलीले भने, ‘दुईटा कुराले उनीहरु चिन्तित छन्, एउटा त म बाँचिरहेकाले चिन्तित छन् । अर्को, कार्यकर्ता र जनताले असाध्यै माया गर्छन् ।’ उनले फाटोवादविरुद्ध जुध्नुपर्नेमा पनि जोड दिए । उनले भने, ‘कम्युनिस्ट आन्दोलनको एकता र विकासका लागि फाटोवाद एकदमै हानिकारक छ ।’ आलोचकहरूले एमालेमा बोल्न पाइँदैन भन्ने गरेको, देवत्वकरणका कुरा उठाउने गरेको ओलीको भनाइ छ ।

उनले नेतृत्वका वरिपरि पार्टी र आन्दोलन एकत्रित हुने प्रस्ट पारे । उनले भने, ‘पुष्पलालले अघि सारेका सिद्धान्त वरिपरि हामी छैनौं ? मदन भण्डारीका सिद्धान्तका वरिपरि हामी छैनौं ?’ ओलीले ५१ प्रतिशत नेपाली एमालेको पक्षमा पुर्‍याउने पनि बताएका छन् । अध्यक्ष ओलीले एमालेलाई कमजोर पार्न खोजिए पनि एमालेप्रतिको आकर्षण बढेको बढ्यै रहेकाले अब ५१ प्रतिशत नेपाली एमालेको पक्षमा पुर्‍याउन प्रयास गर्न निर्देशन दिए ।

‘झन् भ्रममा पार्न खोज्छन् एमालेमा ओइरो लाग्छ । कम्तीमा ५१ प्रतिशत नेपाली एमालेको पक्षमा पार्न सम्भव छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले माधव नेपालप्रति लक्षित गर्दै यो पार्टी काम लाग्दैन भनेर केही मान्छेले निर्वाचन आयोगमा गएर दर्ता गरिखेलेको बताए । उनले एमालेलाई कमजोर बनाउन खोजे पनि त्यो सम्भव नहुने बताए । निर्वाचनमा त्यस्ता पार्टी धेरै रहेको भन्दै अरू दर्ता गर्ने सिलसिला पनि चलिरहेको बताए ।

‘यो पार्टीले देशलाई कहाँबाट कहाँ पुर्‍यायो भने देख्दादेख्दै । गाईको पुच्छर समातेर बैतर्नी तर्न खोज्छन् भन्ने सुनेको थिएँ, अहिले त्यही खेल भएको छ, अन्योलमा पर्न जरुरी छैन । कतिपय भ्रममा परेका, तानेर लगेका अलमलिएका साथीहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म प्रयास गर्न आग्रह गर्दछु । आज भर्खर मात्र सयौँ पुराना कार्यकर्ता एमालेमा फर्कनुभएको छ’, ओलीको भनाइ छ । यसैगरी ओलीले आफ्ना विरोधीहरु दुई वटा कुराले चिन्तित भएको बताएका छन् ।

‘हाम्रा विरोधीहरु अहिले दुईवटा कुराले अत्यन्त चिन्तित छन्’, उनले भने, ‘एउटा म बाँचिरहेकाले चिन्तित छन् । यो बिमारी हुन्छ, अप्रेशन गर्छ, फेरि के गर्छ ? मेनेन्जाइटिस हुन्छ फेरि बाँच्छ । बिमारी भयो अब त होलाकि भन्यो फेरि बाँच्छ ।’ त्यस्तै उनले विरोधीहरु चिन्तित हुनुपर्ने अर्को कारण पनि खुलाए । उनले भने, ‘अर्को कुरा कार्यकर्ताले जनताले असाध्यै धेरै माया गर्छन् । त्यसले एमालेलाई फाइदा पुग्छ । जनता गोलबन्द हुन्छन्, त्यसकारण चिन्तित छन् ।’

अध्यक्ष ओलीले आफूमाथि देवत्वकरण गरेको हल्ला चलाएर भ्रम फिँजाएको पनि ओलीले आरोप लगाए । ‘एउटा हल्ला चलाएका छन् । भन्ने गर्छन्, नेकपा एमालेमा बोल्नै पाइँदैन । उनीहरुले के खोजेका छन्, सोचेका छन् भने यहाँ बहुत झगडा भैदिए हुन्थ्यो, मारामार भैदिए हुन्थ्यो । कोही नेता स्थापित हुन नपाए हुन्थ्यो । सब खुइलिए हुन्थ्यो । सबैलाई खुइल्याउन पाए हुन्थ्यो’, उनले पार्टीभित्र अनेकथरी लाञ्छना लगाएदेखि त्यसैलाई समातेर भन्न पाइन्थ्यो भन्नेमा रहेको बताए ।

‘अनि उनीहरु देवत्वकरण कुरा उठाउँछन् । हामी कसैलाई देवता मान्दैनौ देवत्वकरण गर्दैनौ, तर लिडरसिप हुन्छ, लिडरसीपका वरिपरि पार्टी एकीकृत हुन्छ’, ओलीले आफूमाथि लागेको आरोपको खण्डन गरे । उनले त्यसरी नै आन्दोलन एकीकृत हुने भन्दै ‘त्यो स्वभाविक भएको बताए । ‘पुष्पलालले अघि सारेका विचार वरिपरि हामी आजसम्म गोलबन्द भएका छेनौ ?

कार्ल मार्क्सले अघि सारेका दर्शन सिद्धान्त वरिपरि गोलबन्द भएका छैनौ । लेनिनका वरिपरि सिंगै रुस गोलबन्द भएन ? माओका वरिपरि चीन गोलबन्द भएर क्रान्ति सम्पन्न गरेनन् ?’, ओलीले अन्तर्राष्ट्रिय र राष्ट्रिय नेताहरुसँग तुलना गर्दै मदन भण्डारी र पुष्पलाललाई पनि देख्न नसकेको बताए । उनले नेतृत्व स्थापित भएन भने नाश्यन्ते बहुनायिका जस्तै हुने टिप्पणी पनि गरे । एमालेलाई कसैले हल्लाउन नसक्ने बनाएर मात्रै छोड्ने ओलीले बताए ।

प्रतिक्रिया