यातायात कार्यालय एकान्तकुनाबाट दुई बिचौलिया पक्राउ

admin

काठमाडौँ, १७ असोज : यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट दुई बिचौलिया प क्रा उ परेका छन् । प क्रा उ पर्नेमा ललितपुरको नख्खीपोट बस्ने वर्ष ३० का सुमन तामाङ र कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् ।

लिखित परीक्षा पास गराइदिने, ट्रायलको पालोमा छिटो ट्रायल मिलाइदिने, नवीकरण गरिदिने, सिफारिसहरू मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाइनमा लागेका सर्वसाधारणलाई सास्ती दिने दुई जना बिचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट प क्रा उ गरिको महानगरीय ट्राफिक प्र ह री महाशाखाका प्रमुख एवम् प्र ह री वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो ।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा उनीहरू कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिनुभयो ।

महाशाखाको पी डि त सहायता कक्षबाट सादा पाेसाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारबाही अभियान चलाइरहेको छ । प क्रा उ परेका व्यक्तिहरूलाई महानगरीय प्र ह री वृत्त सातदोबाटोमा थप अनुसन्धान तथा कारबाहीका लागि उपस्थित गराइएकाे महाशाखाले जनाएको छ ।

प्रतिक्रिया