अस्पतालबाट डिस्चार्ज भए माधव नेपाल

admin

काठमाडौं, १८ असोज : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिए पछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपालको केही सुधारपछि डिस्चार्ज गरिएको हो ।

उनलाई केही दिन घरमै आराम गर्न डाक्टरले सुझाव दिएका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेपाल गएको बुधबार अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया