आज शेयर कारोबार रकम चार अर्ब रुपैयाँ पनि पुगेन

admin

काठमाडौं, १८ असोज : सोमबार पनि शेयर बजार घटेको छ । (हिजो) आइतबार ५५ अङ्कभन्दा धेरैले घटेको नेप्से सोमबार ६ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय ७० दशमलव ८१ विन्दुमा पुगेको छ ।

सोमबार  होटल, माइक्रोफाइनान्स, जीवन बीमा र अन्य समूहको शेयर बढे पनि अरू सबै समूहको शेयर घटेको छ । यस्तै जलविद्युत् समूहको शेयर ६५ अङ्कले, फाइनान्सको ५२, विकास बैंक समूहको ८६ र व्यापार समूहको शेयर २० अङ्कले घटेको छ । सोमबार सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तको शेयर साढे नौ प्रतिशतले घटेको छ ।

समग्र बजार घटे पनि आशा लघुवित्त, सपोर्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सोमबार दुई सय २७ वटा कम्पनीका ७६ लाख ५३ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १२ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया