ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्चद्वारा कार्तिक १५ मा निर्णय सुनाइने

admin

काठमाडौं, १८ असोज : सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको मुद्दामा आगामी कार्तिक १५ गते निर्णय सुनाउने भएको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीले कार्तिक १५ मा निर्णय सुनाउने आदेश गरेका हुन् ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई अख्तियारले मुद्दा नचलाएको भन्दै अख्तियार समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । २०७६ माघ २९ मा दर्ता भएको न्यौपानेको रिटमा सर्वोच्चले यसअघि नै अग्राधिकार दिएपनि सुनुवाई हुन सकेको थिएन ।

प्रतिक्रिया