चट्याङ लागेर एकको मृत्यु, तीन घा इते

admin

बैतडी , १९ असोज :डिलाशैनी गाउँपालिका–५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको च ट्या ङ लागेर मृ त्यु भएको छ।

जिल्ला प्र हरी कार्यालय बैतडीका प्रवक्ता प्र ह री निरीक्षक बोधराज ओझाका अनुसार सोमबार राति परेको चट्याङले अन्य तीन जना घा इते भएका छन्। घा इते हुनेहरुमा सोही ठाउँमा अम्बे लुहार, हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का दीपक महर रहेका छन्।

घा इ तेहरु खतरामुक्त रहेको र उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउँदै गरेको प्र ह री निरीक्षक ओझाले बताए। प्र ह रीको टोली अहिले घ ट नास्थलमा खटिएको छ।

प्रतिक्रिया