आज पाँच सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १९ असोज : सुनको मूल्य मंगलबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । केही दिनयता घटेको सुनको मूल्य मंगलबार भने तोलामा पाँच सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार तोलामा ९० हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, मंगलबार यता तेजाबी सुनको मूल्य समेत तोलामा पाँच सय रुपैयाँले वृद्धि हुँदै ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुनको मूल्य ८९ हजार ८ सय रुपैयाँ थियो । चाँदीको मूल्य भने मंगलबार पनि स्थिर छ । तीन दिनदेखि चाँदी तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया